बजारमा सिटामोलसम्म पाउन सकस, संक्रमित समस्यामा पर्न सक्ने
काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् ।
पारासिटामोल फामेर्सीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत चहार्नुपर्ने संक्रमितका आफन्तको बाध्यता छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको छ ।
नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकारिसकेका छन् । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् ।
नेपाल औषधि थोक व्यवसायी संघ अध्यक्ष शिवराज बास्कोटा विभागले नेपाली औषधि उद्योगीलाई पारासिटामोल उत्पादनमा समयमै सहजीकरण नगर्दा अभाव भएको दाबी गर्छन् ।
‘नेपाली उद्योगलाई विश्वासमा लिएर चाँडोभन्दा चाँडो सिटामोल उत्पादनमा प्रेरित गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘बजारमा पारासिटामोल अभाव भएको यथार्थ हो ।’
भारतलगायत देशमा प्रतिट्याबलेट दुई रुपैया“मा बिक्री हुँदै औषधि नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने उनको जोड छ । यसअघि, गत वैशाखमा संघले सरोकारवाला निकायलाई औषधिमा सहजीकरण गर्न मागसमेत गरेको थियो ।
पारासिटामोल अनावश्यक रूपमा घरमा मौज्दात राख्दा पनि अभाव देखिएको औषधि व्यवसायी औंल्याउँछन् । अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलका लागि आवश्यक कच्चापदार्थ अभाव खड्किँदा र प्याकिङ म्याटेरियलको लागत ५० देखि सय प्रतिशतसम्म बढेको औषधि उत्पादक बताउँछन् ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
-
पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण