आईपीओमा ७८ अर्ब लगानी, इतिहासकै उच्च !
सेयरको प्राथमिक बजारमा (आईपीओ) यो वर्ष ७८ अर्ब रुपैयाँ लगानी भएको छ । जुन २८ वर्षको इतिहासमै उच्च हो । नेपाल धितोपत्र बोर्डले स–साना बचत संकलन गरी दीर्घकालिन पुँजी उत्पादनशील क्षेत्रमा सहयोग पुर्याउने बोर्डले उद्देश्यले सफलता हासिल गरेको जनाएको छ ।
आईपीओमा लगानीकर्ताको आकर्षण धेरै देखिन्छ । गत असारमा १७ लाख डिम्याट खाता रहेकोमा झण्डै एक वर्षको अवधिका शतप्रतिशत बढेर ३५ लाख डिम्याट खाता पुगेको छ । यस्तै मेरो सेयरको प्रयोगकर्ताहरु पनि तीन गुणाले बढेका छन् । हाल मेरो सेयरका प्रयोगकर्ता २६ लाख पुगिसकेको छ । अहिले एउटै कम्पनीको आईपीओमा १८ लाख बढीले आवेदन दिन थालेका छन् । जबकी गत असारसम्म ७ लाखले मात्र आवेदन दिन्थे ।

यस्तै अनलाइन कारोबारकालागि ६ लाख ६० हजारले युजर आइडी लिएका छन् । औसतमा ६ लाख प्रयोगकर्ता अनलाइन कारोबारमा आवद्ध छन् । पछिल्लो समय औसतमा १७ अर्बको हाराहारीमा कारोबार हुन थालेको छ । दोस्रो बजारका परिसूचकहरू ऐतिहासिक उचाइँमा रहेका छन् ।
कूल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको अनुपात गत वर्ष ४५ प्रतिशत मात्र रहेकोमा हाल कुल गार्हस्थ्य उत्पादन बराबर पुगेको छ । यसले धितोपत्रको बजार र तरलता बढेको पुष्टी गरेको छ । साथ,ै कारोबारको लागत घटाइएका कारणले बजारप्रति सर्वसाधारणको आकर्षण बृद्धि भइ व्यापक रूपमा सहभागिता बढ्न गएको बोर्डले भनेको छ ।
यससँगै अर्थतन्त्रमा अन्य लगानी क्षेत्रहरूमा संकुचन आएको र बैकिङ्ग क्षेत्रमा पर्याप्त तरलता रहेका कारण पनि दोस्रो बजार गतिविधिहरूमा ऐतिहासिक वृद्धि भएको अनुमान गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण