कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक संसदमा पेश
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–०८९ का नीति तथा कार्यक्रमका लागि आर्थिक विनियोजन विधेयक संसदमा पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०७८–०८९ का लागि कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा पेश गरेका हुन् ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना गोपाल शर्माले आर्थिक विनियोजन विद्येयक संसदमा पेश गर्दै कोरोना रोगको नियन्त्रणका लागि संघीय सरकारसँग समन्वय गर्दै खोपको व्यवस्था कर्णालीका सबै नागरिकलाई गरिने बताए ।
‘कोरोना रोगको नियन्त्रण तथा रोकथामका लागि खोपको व्यवस्था र स्वास्थ्य क्षेत्रको सुधार गरिने छ ’ उनले भने, ‘कर्णाली प्रदेश सरकारले त्यसका लागि नियन्त्रणका लागि विशेष जोड दिनेछ ।’ जल, जंगल र जडिबुटीको प्रयोगद्वारा कर्णालीमा जडिबुटीको उत्पादन तथा प्रशोधन गर्न विषेश कार्यक्रम सञ्चालन गरिने मन्त्री शर्माले बताए । ‘बिभिन्न कारणले रोजगारी गुमाएका तथा रोजगारी नै नभएका युवाहरुलाई लक्षित गरेर जडिबुटीको बिशेष पहल गरिनेछ ।’ उनले भने, ‘कर्णालीको जलको अत्याधिक प्रयोगमा ल्याइने छ ।’
आगामी आर्थिक वर्षमा रोजगारमूलक परियोजना विषेश जोड दिने कार्यक्रम ल्याइने शर्माले बताए । ‘कर्णालीमा रहेको अथाह जलस्रोत सम्भाव्यता अध्ययन गरि सिञ्चाई तथा नीजि क्षेत्रसँग मिलेर नीजि क्षेत्रसँगको सहकार्यमा विशेष कार्यक्रम ल्याइने छ ।’ उनले भने,‘ सबै मन्त्रालयमा परियोजना बैंकको स्थापना गरिनेछ ।’
आगामी आर्थिक वर्षको विनियोजन विद्येयक अधिकांश पुराना कार्यक्रम नै समेटिएका छन् । सरकारले कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनबाट विकास गर्ने कार्यक्रम प्राथमिकतामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण