झापा र सोलुखुम्बुमा करेन्ट लागेर ४ जनाको मृत्यु
झापा र सोलुखुम्बुमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । झापामा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने सोलुखुम्बुमा क्रेनले बिद्युत लाईन छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बिहीबार साँझ झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ८२ वर्षीय गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् । उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बिहीबार साँझ नै कमल गाउँपालिका–७ लालधोन्द्रास्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जाको करेन्ट लागेर मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–४ घर भएका १४ वर्षीय सन्देश धिमालको महेन्द्रको खेतमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।
उता सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभिए प्रसारण लाइन छुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गाडी चालक बागलुङका २६ वर्षीय भुमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका २४ वर्षीय राम परियारको मृत्यु भएको हो । ग १ ज ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएकोमा उनीहरुको उपचार भइहरको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण