एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध
शुक्रबार, २८ जेठ २०७८, १५ : ३८
आर्थिक वर्ष २०७८–०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।
एमाले संसदीय दलका नेता गुलाबजंग शाहले आर्थिक विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने माग गरेका थिए । ‘विधिवत रुपमा हस्ताक्षर नभएको यो विधेयक कसले ल्याएको हो’ उनले भने, ‘मन्त्रीको हस्ताक्षर नभएको दस्तावेजमा छलफल हुन सक्दैन ।’
प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मुल दस्तावेजमा मन्त्रीको हस्ताक्षर भएका कारणले छलफलमा सहभागी बन्न आग्रह गरेका थिए । त्यसलगत्तै दलका नेता यामलाल कँडेलले आफुहरुलाई प्राप्त दस्तावेजमा मन्त्रीहरुको हस्ताक्षर नभएको दाबी गर्दै सच्याउन माग गरेका थिए ।
त्यसलगत्तै आधा घण्टाका लागि सभामुख शाहीले बैठक स्थगित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक