राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोज्ने १३ जना पक्राउ
राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले महिला अधिकारकर्मी सावित्री सुवेदी सहित १३ जनालाई पक्राउ गरेको छ । राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा एक समूह र महाराजगञ्जस्थित प्रहरी वृत्तमा प्रदर्शन गर्न खोज्ने अर्को समूहलाई प्रहरीले पक्राउ गरेको हो । सावित्री सुवेदी, शितल शर्मा, रुही भण्डारी र विवेक थापासहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले रातोपाटीलाई बताए ।
चितवनमा ज्यान गुमाएकी सविता भण्डारीमाथि घरेलु हिंसा भएको भन्दै छानविनको माग गरेर सो समूहले प्रदर्शनको तयारी गरिरहेको थियो । वैशाख पहिलो साता सविताको हत्या आरोपमा पक्राउ परेका उनका ससुरा र श्रीमान धरौटीमा छुटेका छन् । उनीमाथि हिंसा भएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सो घटनाबारे थप छानविन हुनुपर्ने माग भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण