सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु
सुदूरपश्चिम प्रदेशसभामा आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ । प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रस्तुत गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा शुक्रबारदेखि छलफल शुरु गरिएको हो । कोभिड–१९ नियन्त्रण, संक्रमितको उपचार, कोरोनाका कारण नागरिकको गुमेको रोजगारी सिर्जना र कमजोर भएको अर्थतन्त्रको पुनरुत्थानलाई प्राथमिकता दिएर तयार गरिएको नीति तथा कार्यक्रम समय सापेक्ष रहेको प्रदेश सांसदहरुले बताएका छन् ।
उनीहरुले नीति तथा कार्यक्रममा दिएको प्राथमिकता जस्तै गरी बजेट विनियोजन गर्न र प्रभावकारी कार्यान्वयनमा ध्यान दिन प्रदेश सरकारलाई सुझाएका छन् । सांसदहरुले प्रदेश सरकारले नै खोप व्यवस्थापन गर्ने, सेती प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउन सम्भाव्यता अध्ययन गर्ने, सेती र महाकाली प्रादेशिक अस्पतालमा ‘विस्तारित स्वास्थ्य सेवा’ सञ्चालन गर्ने, सेती, महाकाली र टीकापुर अस्पताललाई विशिष्टिकृत सेवा दिने, औद्योगिक व्यवसायलाई प्रबर्द्धन गर्न प्रदेश सरकारले न्युन ब्याजमा ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने, दुर्गम क्षेत्रमा ‘विकाससँग रोजगारी’ लगायतका कार्यक्रममा प्रभावकारी रुपमा बजेट विनियोजन गर्न र कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद् महेशदत्त जोशी, नेकपा एमालेका सांसद् रतनबहादुर थापा, कुन्ती जोशी, कुलविर चौधरी, लालबहादुर थापा, लिलाधर भट्ट, माया तामाङ बोहरा, नेपाली कांग्रेसका सांसद् भरत बहादुर खड्का, गोविन्द बोहरा, दिव्यश्वरी शाह लगायतले छलफलमा भाग लिएका थिए ।
प्रदेश सभाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुख यादवलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ । नेकपा माओवादीका प्रमुख सचेतक अक्कल रावलको प्रस्ताव र नेकपा एमालेका प्रमुख सचेतक दुर्गा विकको समर्थनमा सो प्रस्ताव पारित भएको थियो ।
नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेश सभाको अर्को बैठक शनिबार दिउँसो ३ बजेका आव्हान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण