गण्डकीमा नयाँ सरकारको पहिलो निर्णय : पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराइने
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले संघको सुविधा समेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ । त्यसैगरी सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी तोकिएको छ । ‘के कस्तो सुविद्या दिने भन्ने अहिले नै निर्णय भएको छैन । तर उहाँहरुको पदीय जिम्मेवारी अनुसारको उचित सम्मान हुनेगरी व्यवस्था गर्नुपर्छ’, प्रवक्ता कुमार खड्काले भने, ‘त्यसका लागि अब, हामीले एउटा कार्यविधि बनाएर सेवा सुबिधा तोक्ने तयारी गर्ने छौं ।’
प्रवक्ता खड्काले सरकारले छिट्टै नै विश्वासको मत लिने तयारी थालेको बताए । विश्वासको मत नलिइकन सरकारले महत्वपूर्ण कार्यहरु गर्दा प्रश्न समेत उठ्ने भएकाले सरकारले छिट्टै विश्वासको मत लिने उनले बताए । प्रवक्ता खड्काले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका अर्थमन्त्रीको सल्लाहमा बजेट ल्याउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ