इजरायलको संसदमा प्रधानमन्त्री नेतन्याहूको सरकारविरुद्ध मतदान हुँदै

इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहु विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहु विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहेका छन् । प्रधानमन्त्री नेतन्याहुको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मत भिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका छन् । यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहुलाई विस्थापित गर्नु र देशमा संसदीय चुनावको सिलसिला रोक्नु रहेको छ ।
इजरायली संसद, जसलाई नेसेट भनिन्छ, ले प्रधानमन्त्री नेतन्याहुलाई विस्थापित गर्न नसके संसदको निर्वाचनमा देश होमिनु पर्नेछ । सन् २०१९ यता इजरायलमा चार पटक संसदीय निर्वाचन भइसकेको छ, तर कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेको छैन भने गठबन्धन निर्माण पनि हुन सकेका छैनन् ।
भ्रष्टाचारको आरोप खेपिरहेका प्रधानमन्त्री नेतन्याहुले उक्त आरोपलाई विपक्षीहरुले अनावश्यक उछाली रहेको बताउँदै आफू कुनै पनि भ्रष्टाचारका कार्यहरुमा संलग्न नरहेको दाबी गरेका छन् । शनिबार राति करिब दुई हजार प्रदर्शनकारीले नेतन्याहुको निवास बाहिर सत्ता त्याग्नुपर्ने माग गर्दै प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा सहभागी ओफिर रोबिन्स्कीले नेतन्याहूको बहिर्गमनको दिन आइसकेको बताए ।
आठवटा दलहरूको कमजोर गठबन्धनले नेतन्याहुले यस पटक चुनौती दिँदैछ । यस गठबन्धनमा यहूदी राष्ट्रवादी यामिना पार्टीदेखि अरब सांसदहरु समेत रहेका छन् । शुक्रबार गठबन्धन निर्माणका लागि दलका नेताहरुबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतालाई संसदको सचिवालयमा दर्ता गरिएको यामिना पार्टीले जनाएको छ । विपक्षी गठबन्धनका नेता याइर लापिडले नेता नाफ्ताली बेनेटलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ । नयाँ सरकार बन्ने स्थितिमा पूर्व रक्षामन्त्री बेनेट पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बन्नेछन् । गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने येस अटिड पार्टीका नेता लापिड बाँकी दुई वर्ष प्रधानमन्त्री बन्नेछन् । नेतन्याहुको विपक्षमा निर्माण भएको गठबन्धनमा तीनवटा दक्षिणपन्थी, दुई मध्यमार्गी र दुईवटा वामपन्थी पार्टीहरूका साथै अरब इस्लामिक पार्टी समावेश छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सच्चियो रविको बन्दी प्रत्यक्षीकरण निवेदन, अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विपक्षी
-
नेपाल टेलिभिजनमा ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम, होस्टमा तेरिया मगर
-
मनीष झाले रोपेको ‘स्वार्थको द्वन्द्व’को बीउले लेखा समितिमा लफडा
-
आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
-
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
-
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष