यही अधिवेशनबाट प्रदेशको नाम टुङ्ग्याएर जानुपर्छ : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरणको बारेमा अब बिलम्ब गर्न नहुने बताएका छन् । मुख्यमन्त्री राईले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याएर जानुपर्नेमा जोड दिए ।
उनले त्यसका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई तयारी रहन पनि आग्रह गरे । आइतबार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले यो अधिवेशनबाट प्रदेशको नामकरण सम्पन्न गरेपछि मात्र बर्षे अधिवेशन अन्त्य हुने बताए ।
‘प्रदेशको नामकरण यसै अधिवेशनबाट टुङ्ग्याउनुपर्छ’ मुख्यमन्त्री राईले भने, ‘यो नीति तथा कार्यक्रम पास भएको भोलिपल्टै बाट त्यसबारेमा छलफल आगाडि बढाउनुपर्छ। म सबै दलका माननीय ज्यूहरुलाई प्रस्ताव गर्छु, प्रदेशको न्वारान पश्चात मात्र यो वर्षे अधिवेशन अन्त्य गरौं।’
कोराना संक्रमणका कारण नामकरणको बारेमा छलफल गर्न असुरक्षित हुने अवस्था आइपरेको खण्डमा पनि आवश्यक सतर्कता र स्वास्थ्य सुरक्षाका विधि अपनाएर नामकरणको विषयलाई टुंग्याउनुपर्नेमा उनले जोड दिए ।
सरकार गठन भएको तीन वर्ष पुरा हुँदा पनि प्रदेशको नामकरण हुन सकेको छैन ।
पछिल्लो समय सरकार जोगाउने र ढाल्ने खेलका कारण प्रदेशको नामको बिषयमा चर्चा समेत हुन छाडेको छ । जसका कारण प्रदेशको नामकरणको बिषय ओझेलमा पर्न थालेको हो । तत्कालिन नेकपा नेतृत्वको सरकार गठन भएको एक वर्षपछि स्थायी राजधानीबारे टुङ्गो लाएको प्रदेश १ ले अझै नाम पाउन सकेको छैन् ।
सरकार गठन भएको तीन वर्ष पूरा भएपनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति हुन नसक्दा नामकरणको विषय अनिर्णित भएको हो । मुलुकका सात प्रदेशमध्ये पाँचवटा प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत : पक्षमा ५७, विपक्षमा शून्य
-
बढ्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार
-
भन्सार विभाग घेराउका क्रममा प्रहरीको धरपकड, केही प्रदर्शनकारी पक्राउ
-
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड
-
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
-
सर्वोच्चको व्याख्या : ‘चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सङ्गठित अपराध हैन, ठगीमा सजाय हुन्छ’