कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त पक्राउ
रुपन्देहीमा कर्तव्य ज्यान मुद्दाका २ फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी अप्रेसन कार्यक्रम अन्तर्गत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ज्यान मार्ने अभियोगमा २० बर्ष कैद सजाय भई हालसम्म फरार रहेका रुपन्देही सिद्धार्थनगर नगरपालिका ५ बस्ने ३० वर्षीयय ऋषिकेश जैसवाल र रुपन्देही साविक जोगडा ९ (हाल गैडहवा गाउँपालिका २ का ३९ वर्षीय) राजकुमार केवट रहेका छन् । जैसवाल र केवटलाई प्रहरीले सोमबार घरबाट पक्राउ गरेको हो ।
लामो समय लुकिछिपी घरमा रहँदै आएका जैसवालसहित ५ जनाले २०६९ साल बैशाख ७ गते लाला भन्ने मैनुदिन मुसलमानको हत्या गरेका थिए । जैसवालसहित उनीहरुलाइ जिल्ला अदालत रुपन्देहीले २०७१ साल असार २४ गते २० बर्ष कैद सजाय सुनाएको थियो ।
पक्राउ परेका जैसवाललाई कैद भुक्तानका लागि जिल्ला अदालत रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिए । पक्राउ परेका केवटमाथि भने स्थानीय रिता मुरावका श्रीमानलाई कर्तव्य गरी मारेको आरोपमा जिल्ला अदालत रुपन्देहीले २०६७ साल वैशाख १९ गते २० वर्ष कैद सजायको फैसला गरेको थियो । फरार रहेका उनीलाई जिल्ला प्रहरी कार्यालय मातहतकै वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी निरीक्षक चन्दले बताए ।
कोरोना माहमारीको बाबजुद जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय तोकिएका १९ जना फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
-
ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण