सेयर बजारमा ऐतिहासिक रेकर्ड ब्रेक, नेप्से परिसूचक तीन हजार नाघ्यो
सेयर बजारमा ऐतिहासिक रेकर्ड ब्रेक भएको छ । सोमबार नेप्से परिसूचक ४२.७२ अंकले बढेर अधिकतम ३,०२५ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत आइतबार नेप्से परिसूचक अधिकतम २९८३ विन्दुमा पुगेको थियो ।
आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.६० अंकले बढेर ५५०.०१ विन्दुमा पुगेको छ । यस दिन कुल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर एक लाख ७५ हजार ४११ पटक किनबेच हुँदा कुल १८ अर्ब ८८ करोड ४० लाख माथिको कारोबार भएको छ ।
यद्यपि यो गत दिन (आइतबार) को भन्दा डेढ अर्ब कम कारोबार हो । गत आइतबार एकैदिन अधिकतम १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज बैंकिङ्ग, होटल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानीका समूहहरु धनात्मक भएका छन् भने व्यापार, विकास बैंक, हाइड्रो, माइक्रो फाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण