सप्तरीमा एघार महिनामा हजार जना पक्राउ
विदेश पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने अभियुक्तलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ मलेकपुरका ४६ वर्षीय ईनरदेव यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सप्तरी जिल्ला अदालतले आरोपितविरुद्ध २०७५ असार २५ गते १ वर्ष कैद र १ लाख २५ हजार जरिवानाको फैसला गरेको थियो । फैसला पश्चात फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको प्रहरी टोलीले गाउँ घरबाटै यादवलाई पक्राउ गरेको हो ।
अभियुक्त यादवले विदेश पठाइदिने प्रलोभनमा पारी २०६८ असोज २ गते जैफुन खातुनसँग १ लाख २५ हजार रुपैयाँ लिई ठगी गरेको भन्दै ठगी मुद्दाको उजुरी परेको थियो । छोरालाई विदेश पठाउन खातुनले विश्वासमा परी यादवलाई रकम दिए पनि न पठाएको र रकम पनि फिर्ता नदिएको बताए ।
पक्राउ परेका अभियुक्तलाई सप्तरी जिल्ला अदालतमा आज उपस्थित गराइएकोमा कैद भुक्तानको लागी अदालतले राजविराज कारागार पठाएको प्रनाउ काफ्लेले बताए । आर्थिक वर्ष ०७७/०७८ मा सप्तरी प्रहरीले फरार रहेका १ हजार ७ जना अभियुक्तहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत आर्थिक वर्षको हालसम्म फौजदारी मुद्दातर्फ १ सय ६४ जना र देवानी मुद्दातर्फ ८ सय ४३ जना पक्राउ परेका हुन् । पक्राउ परेकाबाट जम्मा २०३ वर्ष ३ महिना ६ दिन कैद र १ करोड ५ लाख १८ हजार ६२३ रुपैयाँ असुल उपर हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण