‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना ललितपुरबाट पक्राउ
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा छल्नका लागी ‘किर्ते’ सवारी पास बनाएर हिँड्ने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर सवारी चलाउने खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
अमर गुरुङले चलाएको बा.८१ प. ७९३ नम्बरको मोटरसाइकल र दिनेशले चलाएको प्रदेश–१–०२–९०४०प ८६११ नम्बरको मोटरसाइकलको सवारी पासको सिरियल नम्बर समान रहेको फेला परेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा चेकजाँच गर्दा पक्राउ परेका उनिहरुलाई प्रहरीले लिखत सम्बन्धी कसुर ‘किर्ते’ मुद्दा चलाएको छ ।
२३ वर्षीय दिनेश र २८ वर्षीय अमरलाई जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी बज्राचार्यले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण