वायुसेवा निगमलाई नाफामा लैजान पर्यटन मन्त्रीको निर्देशन
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगम निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा लैजानुपर्नेमा जोड दिएका छन् । उनले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनः प्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए ।
आज निगमले आयोजना गरेको स्वागत एवं छलफल कार्यक्रममा उनले निगम नाफामूलक मात्र नभई सेवामूलक संस्था समेत हो भन्ने अवधारणासहित अगाडि बढ्नुपर्ने भएकाले सो का लागि सरकारका तर्फबाट सहयोग हुने बताएका हुन् ।
उनले कोरोना महामारीमा समेत निगमले आफ्नो जिम्मेवारी सक्षमता साथ पूरा गरेको भन्दै अझ दरिलो कार्ययोजनासहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता रहेको बताएका थिए ।
मन्त्रालयका सचिव यादव कोइरालाले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने भन्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगति तर्फ लैजानुपर्नेमा जोड दिए । निगमलाई क्षेत्रीय वायुसेवा कम्पनी बनाउनेतर्फ निगम व्यवस्थापन र कर्मचारी लागि परेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।
उनले निर्माणाधीन भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन बापतको राजश्व ५ वर्षका लागि छुट दिन समेत आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण