बाढीले बगाउँदा बालक बेपत्ता
सोमबार, ३१ जेठ २०७८, २० : ३५
जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनले दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको किम्नी खोलामा आएको बाढीले सोमबार बिहान बालकलाई बगाएको हो । बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको छ ।
सोमबार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता रहेकी छन् । गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको स्थानीय धनबहादुर बोहराले बताए । आइतबारबाट आएको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँहरुमा क्षति पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण