बाढीले बगाउँदा बालक बेपत्ता
सोमबार, ३१ जेठ २०७८, २० : ३५
जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनले दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको किम्नी खोलामा आएको बाढीले सोमबार बिहान बालकलाई बगाएको हो । बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको छ ।
सोमबार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता रहेकी छन् । गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको स्थानीय धनबहादुर बोहराले बताए । आइतबारबाट आएको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँहरुमा क्षति पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातृभूमिको विकास गर्न योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान
-
साउदी लिगको उपाधि अल हिलाललाई
-
गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण
-
उपेन्द्र यादव र अशोक राईबिच कार्यकर्ता तानातान
-
सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरप्रति नेता चन्द्र भण्डारीको पोस्टले उब्जाएका प्रश्नहरू
-
प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो