कर्णाली प्रदेश : दिउँसाे १ बजे नीति तथा कार्यक्रम पारित र ४ बजे बजेट
कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानका कारण आजै नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउन लागेको छ । कर्णालीमा प्रतिपक्ष एमालेकाे अवरोधका कारण साेमबार नीति तथा कार्यक्रम पारित हुन नसकेपछि आज पारित गर्न लागिएको हो । बैठक दिउँसाे १ बोलाइएको छ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार साेमबार नीति तथा कार्यक्रम पारित र मुख्यमन्त्रीले नीति तथा कार्यक्रम माथिकाे छलफलकाे बारेमा जवाफ दिने कार्यक्रम बाँकी रहेकाे छ ।
आजकाे कार्यसूचीअनुसार दिउँसाे १ बजे सदन चल्नेछ । त्यसपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम माथि उठेका विषयकाे जवाफ दिनेछन् भने त्यसपछि नीति तथा कार्यक्रम पारित गरिनेछ ।
यस्तै अपराह्न ४ बजे संसदमा आर्थिक बर्ष २०७८/७९ काे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेकाे सचिव बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण