मदन भण्डारी प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति
वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याबटेक्नोलोजीमा ३० सिट अनुमति दिएको छ । प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले जानकारी दिए । स्थापनाको छोटो अवधिमा नै अनुमतिका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरेको उनले जानकारी दिए ।
उनका अनुसार अनुमति प्राप्त गरेका सबै विषयको अध्ययन गर्ने विद्यार्थीमध्ये प्रदेश सरकारले ७५ प्रतिशतलाई निःशुल्क अध्यापन गराउने छ । यस सम्बन्धी प्रदेश सरकारले नीतिगत निर्णय गरेर सम्बन्धित निकायमा पठाइसकेको उनले बताए । प्रतिष्ठानले अब पहिलो शैक्षिक सत्रमा अनुमति प्राप्त गरेको तीन विधामा अध्यापन शुरु गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण