नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने एमाले संसदीय दलकाे निर्णय
कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
चार सांसदको पुनर्बहालीपछि बसेको आजको बैठकमा माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला पनि सहभागी थिए । सर्वोच्चको आदेशबाट प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा प्रदेशसभा सदस्यको हैसियतमा पुनर्बहाली भएका थिए ।
माओवादी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा आज निर्णयार्थ पेश हुँदैछ भने त्यसलाई एमालेले विफल बनाउने रणनीति बनाएको हो । तर माधव नेपाल पक्षका सांसदहरुको भूमिका निर्णायक हुन्छ ।
उनीहरुकै फ्लोरक्रसले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसअघि विश्वासको मत पाएको अवस्थामा नीति तथा कार्यक्रम पारित गराउन पनि उनीहरुकै भूमिका निर्णायक हुने भएको हो । आज बैठकमा सहभागी भएका ज्वालाले विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएको प्रमुख सचेतक गुलाबजङ्ग शाहको दावी छ ।
३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
