काठमाडौं उपत्यकाका पसलहरूमा चहल पहल बढ्यो
उपत्यकाको दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ । काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञाको नयाँ मोडल लागू भएको छ । परिवर्तित नियमअनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरूमा चहलपहल बढेको हो । यसअघि बिहान ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिइएको थियो ।
असार १ गतेदेखि भने बिहान ११ बजेसम्म खोल्न दिइएको हो । ९ बजेसम्म पसल खोल्न दिँदा उपभोक्तालाई सामग्रीहरु पुर्याउन गाह्रो भएको भएपनि अहिले भने अलि सहज भएको ललितपुर लगनखेलमा व्यापार गरिरहेका जगन्नाथ जोशी बताए । सरकारले परिस्थितिको मूल्यांकन गरेर बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने उनले बताए ।
ललितपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष विनोद ताम्राकार ९ बजेसम्म खुल्दा भ्याइनभ्याइ हुने गरेपनि अहिले भने उपभोक्तालाई आवश्यक सामग्री किन्न सहज भएको बताउँछन् । हार्डवेयर र पुस्तक पसल खुल्दा पनि सहज भएको उनले बताए । जनस्वास्थ्यको मापदण्ड अपनाउँदै बिहान ११ बजेभित्रै आवश्यक सामग्री किन्नको लागि उनले आग्रह गरे । काठमाडौं उपत्यकामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण