प्रशासनले तोकेभन्दा बढी समय फलफूल पसल खोल्ने ३ जना पक्राउ
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेर फलफूल पसल खोलेको आरोपमा प्रहरीले ३ जनालाई पक्रेको छ । कुलेश्वरबाट भारतीय नागरिक सञ्जयप्रसाद गुप्ता, धादिङ घर भएका दिपक पाण्डे र नुवाकोट घर भएका राजकुमार सुनारलाई पक्राउ गरिएको काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा रहेको सन्देश ट्रेडिङका सञ्चालक र कामदारलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो । दिउँसो फलफूल पसल खोल्ने भारतीय नागरिक गुप्ता सन्देश ट्रेडिङका मेनेजर हुन् । पाण्डे र सुनार कामदार हुन् ।
मंगलबार पक्राउ परेका भारतीय नागरिक सञ्जयप्रसाद गुप्तालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५० हजार जरिवाना गरेको छ । पसलका कामदार पाण्डे र सुनार जनही ३ हजार तिरेर छुटेका छन् । जेठ ३१ गतेबाट लागू हुनेगरी स्थानीय प्रशासनले फलफूल पसल बिहान ११ बजेसम्म मात्र खोल्ने अनुमति दिएको छ । तर, सो पसल दिनभर खुल्ला रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
सन्देश ट्रेडिङलाई प्रहरीले यसअघि पनि निषेधाज्ञा उल्लंघन गरेको आरोपमा दुईसय जरिवाना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण