निषेधाज्ञामा फिटनेस सेन्टर खोलेको आरोपमा दुई जना पक्राउ
१ लाख ५ हजार जरिवाना बुझाए
बुधबार, ०२ असार २०७८, १६ : ३१
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टर (जिम हल)का सञ्चालकलाई पक्राउ गरेको छ । जिमखाना सञ्चालक काठमाडौंका ५४ वर्षीय गौतमबहादुर श्रेष्ठ र कामदार सुनसरी घर भएका दीपक थापालाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिम हल सञ्चालक श्रेष्ठलाई १ लाख र कामदार थापालाई ५ हजार जरिवाना गरेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर जिम हल खोल्न रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
-
ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण