देउवाको रिटमा ओलीको जवाफ : ५ जनाको मात्र हस्ताक्षर छ, यस्तो बेरितको निवेदनउपर निर्णय हुन सक्दैन
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका १४६ जनाले दिएको रिट निवेदनमा ५ जनाको मात्रै हस्ताक्षर भएको बताएका छन् । सो मुद्दामा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले सम्मानित अदालतबाट न्याय निरुपण गराई माग्न रिट निवेदक आफैँले वा प्रचलित कानूनको रीत पुर्याई वारेस मार्फत रिट निवेदन दिएको हुनुपर्नेमा रिट निवेदन कसैले दिने र अरु कोही सनाखत गरेर निवेदक बन्न नमिल्ने बताएका हुन् ।
‘अदालत नियमावली वा कुनै कानूनले पनि सनाखत गरेर निवेदन दिने कुराको व्यवस्था गर्दैन । तर प्रस्तुत रिट निवेदनमा पाँचजना सदस्यहरूको मात्र हस्ताक्षर छ । त्यसरी सनाखत गरिने व्यहोरा पनि रिट निवेदनमा छैन’ प्रधानमन्त्रीले १६ बुँदामा भनेका छन्, ‘मलाई प्राप्त रिट निवेदनको प्रतिसहितको म्यादमा सनाखत गरेको वा त्यसलाई अदालतको कर्मचारीले पुष्टि गरेको कुनै व्यहोरा उल्लेख छैन । यस्तो बेरितको निवेदन उपर सुनुवाई हुन वा निर्णय हुन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण