नयाँ जनादेश अनिवार्य भएको दावी गर्दै ओलीले सम्झाए १४ वर्ष जेल बसेको विगत
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरताका लागि नयाँ जनादेश अनिवार्य भएको दावी गरेका छन् । उनले तत्कालीन प्रतिनिधिसभाबाट प्रभावकारी भूमिका निर्वाह हुन नसक्ने र देशलाई थप अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशबाट स्थिर सरकार निर्णय गर्नुपर्छ भन्ने कुरा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछिको तीन महिनाको घटनाक्रमले पुष्टि गर्ने उल्लेख गरेका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा जवाफ पेश गर्दै ओलीले आफू १४ वर्ष जेल बसेको र लामो राजनीतिक जीवन समर्पण गरेको व्यक्तिको नाताले अदालतको आदेश बमोजिम प्रतिनिधिसभाको बाँकी कार्यकाललाई क्रियाशिल बनाउन प्रयत्न गरेपनि त्यो सफल नभएको जिकिर गरेका छन् । प्रतिनिधिसभा धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार बनाउन असफल भएपछि यसको विघटन अनिवार्य भनेको उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण