ओलीको दावी : प्रतिनिधिसभा विघटन राजनीतिक विषय हो, कानुनी छिद्रहरुले राजनीतिक स्थिरता दिन सक्दैन
बिहीबार, ०३ असार २०७८, १३ : ५४
प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको दावी गरेका छन् । ‘प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो । सरकारको गठन वा विघटन राजनीतिक कारणहरूले हुन्छ । नयाँ स्थिर सरकार बन्छ वा बन्दैन भन्ने कुरा तत्कालीन राजनीतिक समीकरणका आधारमा हुन्छ ।
यस्ता राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने संवैधानिक अभ्यास रहेको छ’, ओलीले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा बुझाएको लिखित जवाफमा भनिएको छ । ओलीले कानुनी छिद्रहरुले राजनीतिक स्थिरता दिन नसक्ने पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण