शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीलाई स्टेचर सहयोग

बिहीबार, ०३ असार २०७८, १४ : २०
बिहीबार, ०३ असार २०७८

सशस्त्र प्रहरीलाई सोलुखुम्बुका डा.निमा नाम्गेल शेर्पाले स्टेचर सहयोग गरेका छन् । पर्वतीय उद्दार र उपचारमा सक्रिय डा.निमा नाम्गेलले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर सहयोग गरेका हुन् । बिहीबार सशस्त्र प्रहरी नम्बर–९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित कार्यक्रमका बीच बाहिनीपति (डिआइजी) राजु अर्याललाई शेर्पाले स्टेचर हस्तान्तरण गरे । विपद् उद्दारका लागी स्टेचर उपयोगी हुने डा.निमा नाम्गेलले बताए । डिआइजी अर्यालले स्टेचर सहयोग गरेकोमा डा.शेर्पालाई धन्यवाद दिँदै सामाग्रीको विपद् उद्दारमा पूर्ण रुपमा सदुपयोग गर्ने बताए ।

कठिन भुवनोट तथा अप्ठ्यारो स्थानमा विपद प्रतिकार्य तथा उद्दारमा प्रयोग हुने स्टेचरको कुल मूल्य ६ लाख रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप