बाइडेन–पुटिन सम्मेलन : राजदूत पुनर्बहाली गर्ने सहमति
रुस र अमेरिकाले एकअर्का देशमा आफ्ना राजदूत पुनर्बहाली गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच स्विट्जरल्यान्डमा भएको सम्मेलनका क्रममा यस्तो सहमति जुटेको हो । यसअघि गत अप्रिलमा अमेरिकाले रुसबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो भने रुसले पनि जवाफी कदम स्वरुप वासिङ्टनबाट राजदूतलाई बोलाएको थियो ।
त्यसैगरी दुबै देशले परमाणु हतियार नियन्त्रण सन्धिलाई निरन्तरता दिन लागि वार्ता सुरु गर्ने सहमति गरेका छन् । यसबाट विश्वमा परमाणु हतियारको खतरा कम हुने अपेक्षा गरिएको छ । रुसी राष्ट्रपति पुटिनले वार्ता फलदायी रहेको बताएका छन् । बाइडेनसँग युक्रेनको मुद्दामा पनि वार्ता भएको उनले बताएका छन् । भेटमा बाइडेनले रुसका विपक्षी नेता एलेक्सेई नाभेल्नीलाई जेल हाल्नुको कारण सोधका थिए ।
जवाफमा नाभेल्नीले दुईपटक कानून उल्लंघन गरेको पुटिनले बताएका थिए । त्यस्तै, पुटिनले पनि अमेरिकामा भएको अश्वेतको हत्या र संसद् भवनमा भएको हमलाको घटना उठाए । उनले यी घटनाप्रति सहानूभूति व्यक्त गर्दै आफ्नो देशमा यस्तो नहोस् भन्ने चाहेको बताए । अमेरिकी राष्ट्रपति बाइडेनले पनि भेटवार्ता फलदायी नै रहेको बताएका छन् । दुई राष्ट्रपति बीचको छलफल झन्डै तीन घण्टासम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण