उत्तर कोरियामा खानाको हाहाकार, किम जोङले पहिलो पटक स्वीकारे
उत्तर कोरियाका नेता किम जोङ उनले पहिलो पटक औपचारिक रुपमा उनको देश खानाको चरम अभावसँग जुधिरहेको स्वीकार गरेका छन् ।
आफ्नो आफ्नो पार्टीको वरिष्ठ नेताको बैठकमा मानिसहरुको खानाको स्थिति अब तनावपूर्ण हुँदै गइरहेको बताएका छन् ।
किमले अघिल्लो वर्ष आएको बाढीका कारण कृषि क्षेत्रले अन्नपातको उत्पादनमा आफ्नो लक्ष्य हासिल गर्न नसकेको उनले बताएका छन् ।
बीबीसीमा प्रकाशित रिपोर्टका अनुसार उत्तर कोरियामा खाद्य सामग्रीको मूल्यले आकाश छोइरहेको छ । उत्तर कोरियाली समाचार एजेन्सी एनके न्यूजका अनुसार उत्तर कोरियामा केरा प्रति किलो ४५ सय डलर (लगभग पाँच हजार रुपैयाँ) मा बिकिरहेको छ ।
उत्तर कोरियामा संकट कोरोना महामारीका कारण पनि गम्भीर भएको छ किनभने उसले छिमेकी देशसँग आफ्नो सीमा बन्द गरेको छ ।
यसैकारण चीनसँग व्यापार कम भयो । उत्तर कोरिया खाद्य सामग्री, मल र इन्धनका लागि चीनमाथि निर्भर छ ।
यसका साथै उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिबन्धसँग पनि जुधिरहेको छ जुन उनको परमाणु कार्यक्रमका कारण लगाइएको थियो ।
किम जोङ उनले देशको सत्ताधारी वर्कर्स पार्टीको महत्वपूर्ण सेन्ट्रल कमिटीको बैठकमा देशमा खानाको हाहाकारको स्थितिबारे चर्चा गरे जुन यसै हप्ता राजधानी प्योंगयांगमा सुरु भयो ।
उत्तर कोरियामा कृषि उत्पादनमा कमी आएको छ तर किमले बैठकमा पछिल्लो एक वर्षको तुलना गर्ने हो भने देशको औद्योगिक उत्पादनमा वृद्धि भएको बताएका छन् ।
बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धबारे पनि चर्चा हुने बताइएको थियो तर यसबारे जानकारी भने दिइएको छैन ।
किमले यस वर्या अप्रिलमा पनि उनको देश कठिनाइसँग गुज्रिरहेको स्वीकारेका थिए । किमको यो स्वीकारोक्तिलाई दुलर्भ मानिएको थियो ।
उनले त्यतिबेला अधिकारीसँग आफ्ना जनतालाई मुश्किलबाट थोरै भएपनि राहत प्रदान गर्नका लागि पुनः एक ‘मुश्किल मार्च’ सुरु गरिने बताएका थिए ।
यो शब्दको प्रयोग उत्तर कोरियामा ९० को दशकमा गरिएको थियो जब देश भारी अनिकालसँग जुधिरहेको थियो । त्यतिबेला सोभियत संघ बिघटन भएपछि उत्तर कोरियाले मद्दत पाउन बन्द भएको थियो ।
उक्त अनिकालको समयमा भोकमरीले कति जनाको मृत्यु भएको थियो, यसको स्पष्ट जानकारी त छैन तर यो संख्या करिब ३० लाख भएको हुनसक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण