आयल निगमद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई चुलोसहित ग्यास सिलिन्डर वितरण
शुक्रबार, ०४ असार २०७८, १६ : २७
नेपाल आयाल निगमले सिन्धुपाल्चोक मेलम्चीका बाढी पीडितहरुका लागि चुलोसहित एक/एक थान खाना पकाउने एलपी ग्यासको सिलिन्डर प्रदान गरेको छ । जिल्ला समन्वय समितिको अनुरोधमा नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव समेत रहेका निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराईको संयोजकत्वमा निगमका पदाधिकारी साथै निगमका क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरूको समेत पहलमा उक्त राहत प्रदान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
सो अवसरमा निगमले बाढी पीडितहरुका लागि आवश्यक एक/एक थान चुलो र ग्याससहित खाद्यान्न सामाग्री समेत हस्तान्तरण गरिएको उपाध्यायले जानकारी दिए । पीडित परिवारलाई प्रति परिवार एक÷एक थान गरी कुल ३० वटा सिलिन्डर र सोही परिमाणमा ग्यास चुलो समेत प्रदान गरिएको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ
-
सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
-
शपथ लिएपछि शाक्यको प्रतिक्रिया : देश र जनताको हितमा काम गर्छु
-
इलाम–२ मा खड्का र नेम्वाङबिच प्रतिस्पर्धा, रास्वपाका उम्मेदवार चौथो स्थानमा (मतपरिणामसहित)
-
बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि
-
ट्रेलरमा यस्तो देखियो ‘खजुरे ब्रो’