आयल निगमद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई चुलोसहित ग्यास सिलिन्डर वितरण
शुक्रबार, ०४ असार २०७८, १६ : २७
नेपाल आयाल निगमले सिन्धुपाल्चोक मेलम्चीका बाढी पीडितहरुका लागि चुलोसहित एक/एक थान खाना पकाउने एलपी ग्यासको सिलिन्डर प्रदान गरेको छ । जिल्ला समन्वय समितिको अनुरोधमा नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव समेत रहेका निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराईको संयोजकत्वमा निगमका पदाधिकारी साथै निगमका क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरूको समेत पहलमा उक्त राहत प्रदान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

सो अवसरमा निगमले बाढी पीडितहरुका लागि आवश्यक एक/एक थान चुलो र ग्याससहित खाद्यान्न सामाग्री समेत हस्तान्तरण गरिएको उपाध्यायले जानकारी दिए । पीडित परिवारलाई प्रति परिवार एक÷एक थान गरी कुल ३० वटा सिलिन्डर र सोही परिमाणमा ग्यास चुलो समेत प्रदान गरिएको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण