चीनसँग सीमा जोडिएको हिल्सामा पहिरो जाँदा पाइपलाइन बगायो
चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएको छ । हिल्साको नौमूलेमा रहेको मुहानमा माथिबाट आएको पहिराले पाइप लाइन बगाउँदा खानोपानी अवरुद्ध भएको छ ।
शुक्रबार बेलुका खानेपानीको मुहान रहेको नौमूलेमा माथिबाट आएको पहिराले सबै पाइप लाइन बगाएको हिल्साका होटेल व्यवसायी कर्मा लामाले बताए । चीनसँगको सिमाना पर्ने हिल्सामा पहिरो जाँदा नब्बे घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको पाइपलाइन बगाउँदा पानीको समस्या भएको उनले जनाए ।
सीमा सुरक्षा प्रहरी चौकी (विओपी) का सुरक्षाकर्मीले पनि पहिले ट्याङ्कीमा भएको पानी प्रयोग गरिरहेका र दुई दिनपछि समस्या हुने देखिएको छ । बस्ती तलको कर्णाली नदीको पानी पहिराले धमिलो भएका कारण पिउन योग्य नरहेको उनले बताए ।
पहिराले खानेपानीका पाइप लाइनका साथै बीस मिटरभन्दा बढी कर्णाली करिडोरको हिल्साको सडक पनि भत्काएको छ । पहिराको लेदो धेरै भएको कारण तत्काल त्यसलाई मर्मत गर्न सकिने अवस्था नरहेको सुरक्षा चौकीले जनाएको छ । हाल हिल्सामा २२ सर्वसाधारण र १५ सीमा सुरक्षा चौकीका सुरक्षाकर्मी बस्दै आएका छन् । पहिराबाट भएको क्षतिको विवरण भने आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण