कर्णालीमा संक्रमण हुनेभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर
कर्णाली प्रदेशमा कारोना भाइरस (कोभिड–१९)को संक्रमण दर निरन्तर ओरालो लाग्दो छ । दैनिक तथ्याङ्क अनुसार संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर देखिएको हो । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशभर जम्मा ९१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ भने १८४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । १३८ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ५१ जना र १५३ जनामा गरिएको एन्टिजेन विधिबाटको परीक्षणमा ४० जनामा कोरोना संक्रममण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
यस्तै २४ घण्टाको अवधिमा १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १९७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २१८८ मा झरेको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए । प्रदेशमा कोरोना संक्रमणको दर ओरालो लागे पनि जोखिम भने उच्च रहेको चिकित्सकहरुले बताउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण