वन कर्मचारी र पत्रकारको आवरणमा ठगी गरेको आरोपमा २ जना पक्राउ
प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१० बाट ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा सुन्दरहरैचा घर भएका पुष्पप्रसाद सिग्देल र सुनसरीको इटहरी घर भएका दधिराम चौहानलाई पक्राउ गरिएको जिप्रका मोरङका डिएसपी मानबहादुर राईले बताए ।
आफुलाई वन कार्यालयको कर्मचारी र पत्रकार हुँ भनेर उनीहरुले डर देखाएर रतुवामाई–१० मा रहेको माइवेनी काठ मिलमा इन्धन तथा नगद मागेका थिए । ‘बनका कर्मचारी र पत्रकार हौं इन्धनका लागी आवश्यक सहयोग गर्नुपर्छ भनेर ठगेको पाइयो’ जिप्रका मोरङका प्रवक्ता (डिएसपी) मानबहादुर राईले भने– ‘सहयोग नगरे मिल सञ्चालकलाई काम गर्न अप्ठेरो पर्ने भनेर त्रास देखाएको खुलेको छ ।’
उनीहरुले मोरङका अन्य काठ उद्योगमा पनि त्यसरी ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले उनीहरुको साथबाट करिब ३३ हजार नगद र विभिन्न सञ्चार माध्यमको रसिद र परिचयपत्र बरामद गरेको छ । शुक्रवार साँझ पक्राउ परेका सिग्देल र चौहान बिरुद्ध ठगी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी राईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण