५ लाखभन्दा बढी नगदसहित सामान चोरी गर्ने २ जना पक्राउ
मोरङमा प्रहरीले पाँच लाख नगदसहित सामान चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गरेको आरोपमा प्रहरीले विराटनगर ११ का २९ वर्षीय सञ्जय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ वर्षीय सन्तोष दासलाई पक्राउ गरेको हो । दुबै जनालाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको जनाइएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रहरी प्रवक्ता एव प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभी १ थान, कानमा लगाउने झुम्का ३ थान, टिभी १ थान, मोबाइल २ थान, फलामे कराई १ थान, फलामे औजार ४ थान, चाँदीको सिक्री १ थान र नेपाली नगद रू ५ लाख ८ हजार ७ सय ३ रुपैयाँ बरामद गरिएको छ।
उनीहरुले जेष्ठ ९ गते विराटनगर ११ का विनोदकुमार नुनियाले सञ्चालन गरेको महावीर इलेक्ट्रिक पसलमा भेन्टिलेसन फुटाई नगद ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंक रोडका समिर लामाको पसलबाट नगद रु ८९ हजार १ सय ४५ र २ वटा मोबाइल, गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका वीरेन्द्रकुमार मण्डलले सञ्चालन गरेको आभूषण ज्वेलर्स सुनचाँदी पसलबाट २४ ग्राम सुन, चाँदीको पूजाको भाडा ३५० ग्राम, नगद रु १७ हजार र ग्याँस सिलिन्डर थान १ चोरी गरेको खुलेको छ । पक्राउ परेका चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण