महाकालीमा खतराको सङ्केत

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ । सामान्यतः ६.८० मिटर भएमा खतराको तह मानिन्छ ।
महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराका साथै कञ्चनपुरका महाकाली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बताइएको छ । विशेषगरी डडेल्धुराको परशुराम नगरपालिका—६ र ७ को तटीय क्षेत्रका साथै कञ्चनपुरको महाकाली छेउछाउका वस्तीमा जोखिम बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको हो । महाकाली नदीमा जलस्तर बढेसँगै महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना समेत जारी गरेको छ ।
महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराको प्रसिद्ध धार्मिक स्थल परशुराम धाम जोखिममा परेको छ । महाकाली नदीमा जलस्तर बढेपछि जिल्लाको परशुराम नगरपालिका—५ को महाकाली नदी किनारस्थित यस मन्दिर डुबानमा पर्न थालेको परिगाउँ प्रहरी चौकीले जानकारी दिएको छ । आइतबार बिहानसम्म महाकालीको जोखिम स्तर बढेको भए पनि दिउँसोदेखि वर्षा रोकिएपछि पानीको तह केही घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु