मोरङमा एक साता थपियो निषेधाज्ञा
मोरङ्ग प्रशासनले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साताका लागि लम्ब्याउने निर्णय गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोनाको संक्रमण घटे पनि जोखिम उतिकै रहेको निष्कर्ष निकाल्दै जिल्लाभर आगामी असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
सातौँ पटक थप गरिएको निषेधाज्ञामा केही खुकुलो बनाउँदै अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि निर्णय गरेको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफूल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान ११ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो।
त्यस्तै मलखाद्य, बीउ बिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा लगायत कृषिजन्य पसल बेलुकी ६ बजेसम्म खोल्न पाइने भएको छ । उल्लेखित पसलहरु खोल्दा सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको छ । मोरङमा ४ हजार २१४ संक्रिय संक्रमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण