अक्षयले सुरु गरे ‘रक्षाबन्धन’ को सुटिङ
सोमबार, ०७ असार २०७८, १७ : ४०
कोरोनाको कहर कम भएसँगै भारतीय सरकारले लकडाउनमा केही छुट दिन थालेका छन् । जसको कारण बलिउड फिल्मको सुटिङ सुरु हुन थालेका छन् । अभिनेता अक्षयकुमारले पनि फिल्म ‘रक्षाबन्धन’ को सुटिङ सुरु गरेका छन् । छायाँकन स्पोटको एक तस्बिर शेयर गर्दै अक्षयले यसबारे जानकारी दिएका हुन् ।
तस्बिरमा अक्षयकुमार निर्देशक आनन्द एल रायसँग देखिएका छन् । उनले पहेलो कुर्ता र ग्रे पाइट लगाएका छन् । तस्बिरमा अक्षय आनन्दसँगै बसेर कुरा गरिरहेका छन् । अक्षयको हातमा क्ल्याप पनि देख्न सकिन्छ ।
फिल्म ‘रक्षाबन्धन’ मा अक्षयको बहिनीको भूमिका साहेजमीन कौर, दीपिका खन्न, सादिया खतिव र स्मृति श्रीकांतले निभाएका छन् । अक्षयकुमारले यो फिल्म आफ्नो बहिनी अलकालाई समर्पित गरेका छन् । अलका यो फिल्मको सह प्रोडुसर पनि हुन् । फिल्म ‘रक्षाबन्धन’ को रिलिज मिति ५ नोभेम्बर बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण