अक्षयले सुरु गरे ‘रक्षाबन्धन’ को सुटिङ
सोमबार, ०७ असार २०७८, १७ : ४०
कोरोनाको कहर कम भएसँगै भारतीय सरकारले लकडाउनमा केही छुट दिन थालेका छन् । जसको कारण बलिउड फिल्मको सुटिङ सुरु हुन थालेका छन् । अभिनेता अक्षयकुमारले पनि फिल्म ‘रक्षाबन्धन’ को सुटिङ सुरु गरेका छन् । छायाँकन स्पोटको एक तस्बिर शेयर गर्दै अक्षयले यसबारे जानकारी दिएका हुन् ।
तस्बिरमा अक्षयकुमार निर्देशक आनन्द एल रायसँग देखिएका छन् । उनले पहेलो कुर्ता र ग्रे पाइट लगाएका छन् । तस्बिरमा अक्षय आनन्दसँगै बसेर कुरा गरिरहेका छन् । अक्षयको हातमा क्ल्याप पनि देख्न सकिन्छ ।
फिल्म ‘रक्षाबन्धन’ मा अक्षयको बहिनीको भूमिका साहेजमीन कौर, दीपिका खन्न, सादिया खतिव र स्मृति श्रीकांतले निभाएका छन् । अक्षयकुमारले यो फिल्म आफ्नो बहिनी अलकालाई समर्पित गरेका छन् । अलका यो फिल्मको सह प्रोडुसर पनि हुन् । फिल्म ‘रक्षाबन्धन’ को रिलिज मिति ५ नोभेम्बर बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने