क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गर्ने पक्राउ
मङ्गलबार, ०८ असार २०७८, १४ : १०
सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरीको लोगो दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरी अधिकृतको नाम र फोटो दुरुपयोग गरेर गलत आइडी बनाउने भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका ईसान लामिछानेलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।
नेपाल प्रहरीको नाममा ‘ओपन सोसल रुम’ बनाएर दर्ज्यानी चिन्हको समेत दुरुपयोग गरेको मुद्दामा ब्यूरोले २० वर्षीय इसान लामिछानेमाथि अनुसन्धान शुरु गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उनीमाथि ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण