गण्डकीमा ५६६ जना कोरोना संक्रमणमुक्त, थप ६ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ४८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गरिएको नमूना परीक्षणमा ४८० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २३४ महिला र २४६ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीमा १३८, बागलुङ ६८, गोरखामा ९२, नवलपरासी ५४, स्याङजा २९, तनहुँ ७२, लमजुङ ९, पर्वत १ र म्याग्दीमा १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार १७१ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा ३,बागलुङ २ र स्याङजामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९०१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ५६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ९९५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’