गण्डकीमा ५६६ जना कोरोना संक्रमणमुक्त, थप ६ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ४८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गरिएको नमूना परीक्षणमा ४८० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २३४ महिला र २४६ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीमा १३८, बागलुङ ६८, गोरखामा ९२, नवलपरासी ५४, स्याङजा २९, तनहुँ ७२, लमजुङ ९, पर्वत १ र म्याग्दीमा १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार १७१ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा ३,बागलुङ २ र स्याङजामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९०१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ५६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ९९५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण