प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?
प्रधानमन्त्रीका एक सल्लाहकारले सर्वोच्च अदालतले मंगलबार २१ मन्त्री पदमुक्त गर्ने आदेशप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र भन्दै प्रश्न गरेका छन् ।
ट्वीटरमा उनले लेखेका छन्, ‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ? माधव–रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ? यो के भएछ ?’ उनले अगाडि थपेका छन्, ‘देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्, बस ! मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?’
आजै प्रधानमन्त्री ओलीले पदमुक्त भएका मन्त्रीहरुसँग पनि बालुवाटारमा छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्नुपर्ने भएपनि संविधान र कार्यक्षेत्र मिचेर आदेश आएको गुनासो गरेको एक मन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण