बिहीबारदेखि कास्कीका सरकारी कार्यालयले सेवा सञ्चालन गर्ने
कास्कीका विभिन्न सरकारी कार्यालयहरूले बिहीबारदेखि अत्यावश्यकीय सेवा सञ्चालन गर्ने भएका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बन्द भएको सेवालाई बिहीबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शान्ति सुरक्षा, ठाडो उजुरी, मुद्दा मामिला, नागरिकता, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, संघसंस्था दर्ता, नवीकरण, भारतीय पेन्सन सिफारिस लगायतका सेवा प्रवाह हुने जानकारी दिएको छ ।
प्रशासनले प्रत्येक दिन सञ्चालन गर्न निर्देशन गरेका सेवाहरुका लागि विभिन्न स्थान तोकेर सूचना जारी गरेको छ । जिल्ला प्रशासनले भीडभाड कम गराउन सेवाका प्रकार अनुसार छुट्टाछुट्टै दिनहरू तोकिएको हो ।

यसैगरी यातायात व्यवस्था कार्यालय पोखराले बिहीबार देखि नै सेवाग्राहीका लागि कार्यालय खोल्ने जनाएको छ । बुधबार सूचना जारी गर्दै सेवाग्राहीलाई सिमित टोकन वितरण गरी सेवा प्रवाह गर्ने जानकारी दिएको हो । कार्यालयका अनुसार सवारी साधन कर, आयकर, नवीकरण दस्तुर, ब्लुबुक नवीकरण, रुट परमिट नवीकरण तथा नयाँ सवारी दर्ताको काम हुनेछ ।
बिहान ९ः३० देखि २०० वटा टोकनमात्र वितरण गरिनेछ । जसमा एक व्यक्तिले बढीमा ३ वटा टोकनभन्दा बढी दिन नपाउने कार्यालयले जनाएको छ । साथै यातायात कार्यलयले सवारी साधन सुचारु भएको ६० दिनभित्र कर तिर्न आएमा जरिवाना नलाग्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण