वैकल्पिक सिकाइलाई वडाले निःशुल्क इन्टरनेट दिने
वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिँदै वडा कार्यालयले निःशुल्क इन्टरनेट जडान गरिदिने निर्णय गरेको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत १३ नं. वडाले वैकल्पिक शिक्षा प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरणका लागि इन्टरनेटको ब्यवस्था मिलाइदिने भएको वडाध्यक्ष आनन्दप्रसाद पाठकले बताए ।
विश्वव्यापी महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणका कारण विद्यार्थीको सिकाइ क्रियाकलाप प्रभावित भएकाले वडा शिक्षा समितिको बैठकबाट वैकल्पिक विधिबाट पठनपाठनलाई जोड दिने गरी विद्यार्थीको घर–घरमा इन्टरनेट जडान गर्न सहयोग गरिने वडाध्यक्ष पाठकले बताए ।
“विद्यार्थीलाई प्रविधिमैत्री सँगै वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि अभियानको रुपमा अगाडि बढेका छौँ”, वडाध्यक्ष पाठकले भने, “कोभिडको पहिलो र दोस्रो लहरबाट शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावित पारेका बेला फेरि तेस्रो लहर आउने भन्ने कुरा सुनिएकाले त्यसको पूर्वतयारी स्वरुप वैकल्पिक विधिलाई थप प्रभावकारी बनाउनका लागि इन्टरनेट जडान गरिदिने निर्णय गरेका हौँ ।”
इन्टरनेट जडानका लागि विभिन्न चार वटा सेवाप्रदायक संस्थाहरूसँग छलफल भएको र उक्त संस्था पनि सकारात्मक रहेकाले यो अभियान प्रभावकारी हुनेमा वडा कार्यालय विश्वस्त रहेको वडाध्यक्ष पाठकले बताए । वडाभित्र आठ वटा सामुदायिक विद्यालय, दुई वटा संस्थागत विद्यालय र एउटा बहुप्राविधिक शिक्षालय रहेका छन् ।
“यसअघि भएका भर्चुअल कक्षा सञ्चालनका क्रममा कतिपयमा इन्टरनेटको असुविधाका कारण मोबाइलको डाटा चलाउनुपर्ने बाध्यता रहेको गुनासो सुन्यौँ”, वडाध्यक्ष पाठकले भने, “डाटाबाट नेट ढिलो चल्ने भएकाले पठन पाठनमा प्रभावकारी र उपलब्धिमूलक हुन सकेन, त्यसैले अब वडा कार्यालयले अति विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिदिने तयारीमा छौं ।” भर्चुअल कक्षा सञ्चालनका लागि आवश्यक पर्ने तालिम तथा अभिमुखीकरण प्रत्येक विद्यालयमा तीन÷तीन दिन सञ्चालन गर्ने कार्य शुरु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण