चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखेको हो ।
इहिमालय टाइम्स डट कमलाई नियमानुसार दर्ता÷सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिए । त्यसैगरी २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म ४५० वटा स्वअनुगमन भएका छन् । पछिल्लो १५ दिनको अवधिमा १३ वटा स्वअनुगमन भएका छन् । जसमध्ये ८ न्यूजपोर्टललाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र १ सञ्चार विज्ञलाई ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म कुल १७२ उजुरी दर्ता भएकोमा १२८ उजुरी फछ्र्योट भइसकेका छन् । यसैगरी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ (पहिलो संशोधन, २०७४) मा दर्ता नभइ अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न नपाइने व्यवस्था रहेकोमा प्रेस काउन्सिल नेपालले २०७६ मङ्सिरदेखि यस्ता पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई लेखी पठाएपछि प्राधिकरणबाट नेपालभित्र सम्प्रेषण नहुने व्यवस्था हुँदै आएको प्रवक्ता खनालको भनाइ छ ।
विसं २०७७ को साउनदेखि २०७८ असार ९ गतेसम्म नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएका वेबपोर्टलको सङ्ख्या १५९ रहेको छ भने पछिल्लो पन्ध्र दिनमा १५ वटा वेब पोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ । काउन्सिलले सम्पूर्ण पत्रकार÷सञ्चारकर्मीलाई पत्रकार आचारसंहिताको पूर्णपालना गर्न काउन्सिल फेरि पनि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण