राहत लिएर मनाङ पुग्यो युवा संघ
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बराबरको राहत सामाग्री वितरण गरेको छ । केही समय अघि आएको बाढीपहिरोको कारण मनाङको तालमा करिव ७० घर परिवार प्रभावित भएका थिए । सोही स्थानमा दुई दिनको यात्रा पछि संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा आज राहत वितरण गरिएको हो ।
संघले मनाङका बाढी तथा पहिरोबाट प्रभावित जनसमुदायलाई १५ लाख भन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गरेको जनाएको छ । जसमा १२ लाख बरावरको राहत सामाग्रीहरु रहेका छन् भने करिव तीन लाख नगद रहेको छ । राहत सामग्रीहरूमा चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्ल्याङ्केट लगायत रहेका छन् ।
वितरण गरिएको राहात सामाग्रीको विवरण :
नगद – ३ (तीन) लाख
चामल – ३४५० केजी
दाल – ३७५ केजी
आलु – ७५० केजी
प्याज – २५० केजी
तेल – ६०० लिटर
नुन – १०० प्याकेट
त्रिपाल – ३६ थान
ब्ल्याङ्केट – १६० थान
लत्ताकपडा – ३०० थान
वाइवाइ – ५० कार्टुन
बिस्कुट – १२ कार्टुन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण