मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राहत लिएर मनाङ पुग्यो युवा संघ

शुक्रबार, ११ असार २०७८, १३ : ३७
शुक्रबार, ११ असार २०७८

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बराबरको राहत सामाग्री वितरण गरेको छ । केही समय अघि आएको बाढीपहिरोको कारण मनाङको तालमा करिव ७० घर परिवार प्रभावित भएका थिए । सोही स्थानमा दुई दिनको यात्रा पछि संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा आज राहत वितरण गरिएको हो ।

संघले मनाङका बाढी तथा पहिरोबाट प्रभावित जनसमुदायलाई १५ लाख भन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गरेको जनाएको छ । जसमा १२ लाख बरावरको राहत सामाग्रीहरु रहेका छन् भने करिव तीन लाख नगद रहेको छ । राहत सामग्रीहरूमा चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्ल्याङ्केट लगायत रहेका छन् ।

वितरण गरिएको राहात सामाग्रीको विवरण :
नगद – ३ (तीन) लाख
चामल – ३४५०  केजी
दाल – ३७५ केजी​
आलु – ७५० केजी​
प्याज – २५० केजी​
तेल – ६०० लिटर
नुन – १०० प्याकेट
त्रिपाल – ३६ थान
ब्ल्याङ्केट – १६० थान
लत्ताकपडा – ३०० थान
वाइवाइ – ५० कार्टुन
बिस्कुट – १२ कार्टुन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप