कर्णाली प्रदेशसभा बैठक एमालेद्वारा अवरुद्ध
कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १२ औँ बैठक कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो । सदन नै चल्न नसकेर तेस्रो पटकसम्म स्थगित गरिएको बैठक आज बसेको थियो । तर, प्रतिपक्ष दलले प्रवेश नै गर्न नदिएर रोष्टममा उभिएपछि असार १३ गते दिउँसो २ बजेका लागि बैठक स्थगित गरिएको छ ।
एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताएको छ । एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाहले सदनमा एमाले दुईवटा नभएकाले एमाले सरकारमा नरहेको बताए । तर, खनाल–नेपाल समुहका सरकारमा रहेका ३ जना मन्त्रीहरुले एमाले सरकारमा रहेको दावी सहितका समाचार सामाग्री आएको र यो विषयले निकास पाउनुपर्ने बताए । एमालेले संसदमा उठाएका राजनीतिक मुद्दाहरुतर्फ सरकारले ध्यान किन दिएन भन्दै उनले प्रश्न समेत गरे ।
नेकपा एमाले सरकारमा नरहेकाले केही व्यक्तिले एमालेका नाममा वदनाम गराउने काम भएको उनले बताए । साथै एमालेको आन्तरिक विवादले संसद अवरुद्ध भन्ने विषयबारे समेत उनले प्रश्न उठाए । यसअघि गत शुक्रबार र आइतबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो भने मंगलबारका लागि आह्वान गरिएको बैठक पनि सुरु नै नभएर स्थगित भएको हो । असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरेयता कर्णाली प्रदेशसभाको बैठक सहज रुपमा चल्न सकिरहेको छैन् । शुक्रबार पनि कार्यसूचीमा नै प्रवेश नगरी बैठक स्थगित भएको छ । प्रदेश सरकारले ल्याएको बजेट राजनीतिक विवादका कारण छलफल हुन सकिरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण