गण्डकीमा एकैदिन ३४७ कोरोना संक्रमणमुक्त, थप ६ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा २, स्याङजा १ र नवलपरासी पूर्व ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–१५ की ६८ वर्षीय महिला, कास्कीको माछापुच्छ्रे– ५ की ५९ वर्षीय महिला, नवलपरासी पूर्वको हुप्पेकोट–६ की ७० वर्षीय महिला, विनयत्रिवेणी–२ की ७४ वर्षीय महिला, कावासोती–२ की ४७ वर्षीय महिला र स्याङजाको विरुवा –२ की ६६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १०७ जनाको नमुना परीक्षण गरिएकामा २१३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ११५ पुरुष र ९८ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका १०३, म्याग्दीका १३, पर्वत २०, गोरखा ६, तनहुँ ५, बाग्लुङ २५, स्याङ्जाका ४ र नवलपुरका ३७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ९२१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५० हजार २५८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण