गण्डकीमा एकैदिन ३४७ कोरोना संक्रमणमुक्त, थप ६ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा २, स्याङजा १ र नवलपरासी पूर्व ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–१५ की ६८ वर्षीय महिला, कास्कीको माछापुच्छ्रे– ५ की ५९ वर्षीय महिला, नवलपरासी पूर्वको हुप्पेकोट–६ की ७० वर्षीय महिला, विनयत्रिवेणी–२ की ७४ वर्षीय महिला, कावासोती–२ की ४७ वर्षीय महिला र स्याङजाको विरुवा –२ की ६६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १०७ जनाको नमुना परीक्षण गरिएकामा २१३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ११५ पुरुष र ९८ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका १०३, म्याग्दीका १३, पर्वत २०, गोरखा ६, तनहुँ ५, बाग्लुङ २५, स्याङ्जाका ४ र नवलपुरका ३७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ९२१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५० हजार २५८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्स उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?
-
बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ
-
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने
-
पूँजी वृद्धिका लागि २ वर्ष समय थप गर्न स्टक ब्रोकर एसोसिएसनको माग