स्वयम्भूबाट चितुवाको छालासहित २ जना पक्राउ
शुक्रबार, ११ असार २०७८, १९ : ५४
प्रहरीले काठमाडौंको स्वयम्भूबाट १ थान चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट १ थान चितुवाको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका ३ सिरटोल घर भएका ३२ वर्षीय सुशीलकुमार वाइबा र ध्याङलेख गाउँपालिका १ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाइबा रहेका छन् ।
चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण