एनआरएन द सिङ्गरको डिजिटल अडिशन शुरु
गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य उद्घाटन भएको छ। विश्वभरका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न एनआरएन द सिङ्गरको आयोजना गरिएको हो । आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले भने, ‘यो कार्यक्रम विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु।’ संस्कृति तथा सम्पदा उप–समितिका संयोजक गोविन्द प्रसाद गौतमले यो कार्यक्रम सफल बनाउनका लागि देशविदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गरे । उनले यो प्रतियोगिता अन्तराष्ट्रिय स्तरको हुने बताए।

प्रि अडिसनपछि नेपाली टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ। प्रतियोगिताका केही इपिसोडहरू नेपालमा पनि हुनेछन्। ‘तर त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ। त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ त्यसअनुसार पनि निर्णय हुनेछ । कति अडिसन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्ने कुरा त्यही अवस्थाअनुसार हुनेछ,’ गौतमले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण