डेढ घण्टा पानी पर्दा जनकपुरधाम जलमग्न
करिब डेढ घण्टा भएको अविरल वर्षाले जनकपुरधाम जलमग्न भएको छ । अविरल वर्षाका कारण सोमबार जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश वडाका घरहरूमा पानी पसेका छन् भने केही वर्ष पूर्व एडिबीको ऋण सहयोगमा बनेको नवनिर्मित सडकहरूमा समेत पानी जमेको छ ।
सडकमा १ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई आवतजावतमा निकै कठिनाइ भएको छ । भारी वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाकी नगर उपप्रमुख रिता मिश्रको घरमा समेत पानी पसेर जलमग्न भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मुख्य चोकहरु रामानन्दचोक, भानू चोक, पिडारी चोक, राम चोक, पिडरियामाईस्थान लगायतका स्थानहरूमा समेत पानी पसेको छ ।
अधिकांश गल्लीका सडकहरूमा समेत पानी जमेको छ भने कतिपय पसलहरूमा समेत पानी पसेको छ । यहाँको सरस्वती नगर, मिथिला नगर, धत्ताटोल, पिडारी टोल लगायतका प्रायः सबै टोल जलमग्न भएका छन् ।

भारी वर्षाका कारण यहाँका सरकारी कार्यालयहरू आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन सङ्घ, महिला विकास केन्द्र, वन निर्देशनालय, ट्राफिक प्रहरी कार्यालय, प्रादेशिक अस्पताल लगायतका परिसरहरू जलमग्न भएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, प्रदेशसभा भवन, रेडक्रस सोसाइटी, बाह्रविघा मैदान लगायतका स्थानहरू समेत जलमग्न छन् ।

वर्षाको सुरुवातमै यस्तो अवस्था सिर्जना भएपछि स्थानीय चिन्तित छन् । केही वर्ष अघि मात्रै नाला ढलान सहित चौडा सडक निर्माण भए पनि पानीको निकास नहुँदा सडक जलमग्न भएको हो । कमसल र मापदण्ड अनुसार सडक, ढल तथा नाला निर्माण नहुँदा सडकमा पानी जमेर घर भित्रसम्म जलमग्न हुनुको दोषी वडा कार्यालय र जनकपुरधाम उपमहानगरपालिका र जनप्रतिनिधिहरूको कमिसन खाने बानीको कारण यस्तो समस्या उत्पन्न भएको आरोप युवा अभियन्ता सुशील कर्णले लगाएका छन् । उनले व्यवस्थित र फराकिलो नाला तथा ढल नबनाउँदा र गुणस्तरहीन सडक निर्माणले सडक देखि घरसम्म जलमग्न भएको आरोप लगाए ।

जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलमा निकासका समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको छ । सडकमा कालोपत्रे र पेटी निर्माणका क्रममा ढलमा इट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण