बालिकामाथि करणी गरेको आरोपमा एक पुरुष पक्राउ
सोमबार, १४ असार २०७८, १९ : ०६
भक्तपुर प्रहरीले बालिकामाथि करणी गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–९ कमलविनायकस्थित आफ्नै कोठामा बसिरहेकी बालिकामाथि करणी गरेको आरोपमा दोलखा बैतेश्वर ४ घर भई हाल भक्तपुर नगरपालिका–९ बस्ने वसन्त दमाई पक्राउ परेका हुन् ।
अघिल्लो सोमबार दिउँसो १२ वर्षीय बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा दमाईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए । बालिकाको घरमा कोही नभएको मौका पारी बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भनी पीडितकी आमाले सोही दिन महानगरीय प्रहरी वृत जगातीमा किटानी जाहेरी दरखास्त दिएकी थिइन् ।
दमाईलाई आइतबार (१३ गते) पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण