आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जीवन विकासको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साढे १८ लाखले आवेदन दिइसके
मङ्गलबार, १५ असार २०७८, ११ : ०५
मङ्गलबार, १५ असार २०७८

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गरिरहेको छ ।

यसमध्ये ०.५ प्रतिशत अर्थात ३० हजार  ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धकको काम गरेको छ । सोमबार साँझसम्म झण्डै साढे १८ लाख लगानीकर्ताले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । यो हालसम्मकै उच्च आवेदन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप